मुसिकोट (रुकुम पश्चिम), असोज १८।
रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद्प्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म कर्णाली प्रदेशसहित रुकुम पश्चिममा समेत मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरेको हो।
जारी सूचनामा बाढी, पहिरो तथा भू–क्षयका घटनाको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। साथै, सडक तथा यातायात अवरुद्ध हुन सक्ने सम्भावना भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न समेत सुझाव दिइएको छ।
प्रशासनले नागरिकलाई आपतकालीन अवस्थाका लागि आवश्यक औषधि, खाद्यान्न र महत्त्वपूर्ण कागजात सुरक्षित राख्न र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। त्यस्तै, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संस्था र स्वयंसेवी संगठनहरूलाई विपद् व्यवस्थापनमा सक्रिय रहन निर्देशन दिइएको छ।
जिल्ला प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान निकायलाई उच्च सतर्कतासहित समन्वयपूर्वक राहत तथा उद्धार कार्यको तयारीमा रहन आग्रह गरेको छ।
विपद्का घटनामा तुरुन्त जानकारी दिनका लागि जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा विभिन्न सुरक्षा निकायका सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छ।
सम्पर्कका लागि
(क) जिल्ला आपतकालीन सञ्चालन केन्द्रः ९८६४९६९१७९
(ख) नेपाली सेना, Duty Room : ९८६३०२९१८६
(ग) नेपाल प्रहरीः १०० (प्रहरी कन्ट्रोल), ९८४८१८६२११
(घ) सशस्त्र प्रहरीः १११४, ९८५१२७२६४६
(ङ) राष्ट्रिय अनुसन्धानः ९८४८०७७३६३



Dice games are surprisingly complex when you really break down the probabilities! It’s cool to see platforms like big bunny online casino using data & stats to enhance the player experience – transparency is key, especially with betting strategies! 🤔
Roulette’s randomness is fascinating, but platforms like big bunny club are changing the game with data analysis! Seeing how statistical modeling & probability impact gameplay is a new level of insight. It’s interesting how they use data to optimize experiences.
Really interesting points about bankroll management! Seeing how platforms like big bunny slot download use stats to improve gameplay is fascinating. It’s cool to see data-driven approaches in action – helps understand probabilities better!