नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवाहरुको संगठन वाइसिएल नेपाल आठबिसकोट नगर समितिको तेस्रो नगर सम्मेलन सम्पन्न भएकाे छ ।
उधमशिलता नवप्रवर्धन र स्वरोजगारका लागि आजको युवा आन्दोलन, सुसासन, सामाजिक न्याय समृद्धि र समाजवादको पक्षमा नगर सम्मेलन भन्ने मुलनाराका साथ सम्पन्न तेस्रो नगर सम्मेलनले सुशील बिकको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा नमु बुढा , केशब मल्ल र जीवन थापा चयन हुनुभएको छ। त्यस्तै सचिवमा दिपक बि क सह -सचीव सचिन बि क, बिकास चन्द र दिपक यरि कोषाध्यक्षमा भगवती बिक चयन हुनुभएको बताइएको छ ।
सम्मलेनमा कर्णाली प्रदेशका पुर्वमन्त्री तथा माओवादी नेता रातो कामीले लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।


