रुकुम पश्चिमको आठबिसकोट निवासी मोडल दीपा शाहीलाई ‘उत्कृष्ट महिला मोडेल’ अवार्ड प्रदान गरिएको छ।
साधना म्युजिक क्रिएशनको प्रस्तुति ‘पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) – २०८१’ मा मोडेल शाहीलाई ‘उत्कृष्ट महिला मोडेल’ को अवार्ड प्रदान गरिएको हो।
समीक्षा अधिकारीको स्वरमा सजिएको लोकप्रिय गीत ‘कस्ती थियौ, कस्ती भयौ’ मा प्रभावशाली अभिनय प्रस्तुत गरेपछि शाहीले यो सम्मान हात पारेकी हुन् ।
चलचित्र विकास बोर्डमा आयोजित भव्य कार्यक्रममा आकर्षक सुटमा ग्ल्यामरस अवतारमा देखिएकी शाहीको गीतको भाव, अभिनय र प्रस्तुतीकरणमा उनले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको आयोजकले जानकारी दिएको छ।


