रुकुम पश्चिममा एक महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लागिएको छ ।
अत्यधिक रक्तस्राव भएपछि आज बाँफिकोट गाउँपालिका -२, पिपलकी ४० वर्षीया नन्दकला खड्का खत्रीलाई सल्ले अस्पतालबाट सुर्खेत लगिएको हो ।
बिहान १० बजे डेलिभरीका लागि सल्ले अस्पाताल आएकी खड्काको अप्रेसन पछि रक्तस्राव हुँदा सुर्खेत लगिएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताउनुभयो।
करिब ९ हप्ताकी गर्भवती खड्काको भिडियो एक्सरे गर्दा पाठेघर भन्दा बाहिर नलीमा गर्भ बसेकाले अप्रेसन गरिएको थियो ।
अप्रेसन पछि रक्तस्राव भएकी खड्कालाई थप आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल सल्लेका डाक्टर महेश चौलागाईंले बताउनुभयो ।
खड्कालाई राष्ट्रपति उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।