रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरघानीमा तीन बहिनी युवा क्लबको आयोजना गरेको विविधि खेलकृद प्रतियोगिता सम्पन्न भएका छन् ।
दोस्रो बार्षिकोत्सवको अवसरमा चैत २५ गतेदेखि सुरु भएका विभिन्न कार्यक्रमहरु सोमबार सकिएका हुन् । वार्षिकोत्सवको अवसरमा क्लवले महिला, पुरुष भलिवल प्रतियोगिता, रस्साकस्सी, एकल नृत्य ,घैटोफोर लगायतका कार्यक्रम आयोजना गरेको थियो ।
पुरुष भलिवलतर्फ मुसिकोट ७ मा रहेको हाम्रो सरोकार प्रथम भएको छ । त्यस्तै आयोजक तीन बहिनी युवा क्लब दोस्रो, हिमशिखर युवा समूह तेस्रो र मुसिकोट नगरपालिका वडा नम्बर ११ सान्त्वना भएको आयोजकले जनाएको छ ।
पुरुष तर्फ प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ४० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र गरेको छ । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समुहले २५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र ,तेस्रो स्थान प्राप्त गर्ने समुहले १२ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना स्थान प्राप्त गर्ने समुहले ८ हजारको साथमा प्रमाणपत्र प्राप्त प्राप्त गरेको क्लबका सचिब चेतन ओलिले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार महिला भलिबलतर्फ रुकुम भलिबल संघ प्रथम, रुकुम पुर्वको भुमे गाउँपालिका वडा नम्बर ८ दोस्रो , भुमे गाउँपालिका वडा नम्बर २ तेस्रो र सिस्ने गाउँपालिका वडा नम्बर ७ सान्त्वना स्थान प्राप्त गरेको छ ।

महिला भलिवल तर्फ प्रथम स्थान प्राप्त गर्ने समुले नगद २० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने समुहले १२ हजार रुपैयाँका साथमा कप ,मेडल र प्रमाणपत्र ,तेस्रो स्थान प्राप्त गर्ने ८ हजार रुपैयाँको साथमा कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना स्थान प्राप्त गर्ने समुहले ४ हजार रुपैयाँ सहितत प्रमाणपत्र प्राप्त गरेको सचिव ओलीले जानकारी दिनुभयो ।
एकल नृत्य, रस्साकस्सी, ,लोक दोहोरी र घैटोफोर प्रतियोगितामा स्थान प्राप्त गर्नेलाई पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको हो । मेलामा प्रस्तुत गरिएका स्थानीय, आमा समुह, झाकी लगायतका नाचलाई पनि पुरस्कार सहित सम्मान गरिएको तीन बहिनी युवा क्लव मुसिकोट ८ ले जनाएको छ ।


