लायन्स क्लब रुकुम (पश्चिम) को कार्यसमिति पूर्णता पाएको छ।
यसअघि नै श्री जय बहादुर थापाको अध्यक्षतामा गठन गरिएको समितिलाई शनिबार सम्पन्न बैठकले पूर्णता दिएको हो।
अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकमा विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा कार्यसमितिलाई विस्तार गर्दै आवश्यक पदपूर्ति गरिएको अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो ।
पूर्णता पाएको कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अमित सुनार मगर, सचिवमा किरण कुमार शर्मा तथा कोषाध्यक्षमा साहिला बिके चयन भएका छन्। त्यसैगरी LCIF Chairperson मा मन्दिप गौतम चयन भएका छन्।
यसैगरी सदस्यहरूमा हरि विष्ट ओली, तुलसीराम बुढा, दान बहादुर के.सी., दीपक पुन, हरि के.सी., सुनिता के.सी., श्री उषा ओली, श्नरेन्द्र पुन, सुगम मल्ल, हरि बहादुर मगर, अर्जुन श्रेष्ठ, श्तेज कुमार ओली र विशाल गौतम लगायत रहेका छन्।
बैठकले कार्यसमितिलाई पूर्णता दिँदै आगामी दिनमा सामाजिक सेवा, सहयोग तथा विकासमुखी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो। सहभागी पदाधिकारीहरूले संस्थालाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


