नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रिय सर्कुलर अनुसार आज नेपाल पत्रकार महासंघका उपाध्यक्ष देवकुमार ओली नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
यहि चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरू माथि गरिएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
उक्त घटनामा संलग्न दोषीलाई कारबाही गर्न, पीडित पत्रकार तथा सञ्चारगृहलाई उचित क्षतिपूर्ति दिन र पत्रकार सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ ।
साथै सरकारले एक साताभित्रै दोषीमाथि कानुनी कारबाही नगरे देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी समेत दिइएको छ।