रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ६ खारादह, वडा नं १ को छिङ तथा जन्ती वस्ने लेकमा शुक्रबार रातिदेखि भिषण आगलागि भएको छ ।
आज दिनभर डिभिजन वन कार्यालयको टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुसिकोट नगर प्रहरी तथा स्थानीयले समेत आगो नियन्त्रणमा लाउने प्रयास गर्दा पनि पुर्णरुपमा नियन्त्रमा आएको छैन् । सुरक्षा निकाय स्थानीय गरी २ सय जनाले नियन्त्रणको प्रयाय गर्दा पनि ७ घण्टासम्म वनमा लागेको आयो नियन्त्रमा नआएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
आगो नियन्त्रमा नआएकाले रातको समयमा अझै फैलन सक्ने सम्भावना रहेकाले स्थानीय बासीलाई सजगता अपनाउन र गाउँवस्तीमा आगलागीको जोखिम बढेमा सुरक्षा निकायहरु तथा डिभिजन वन कार्यालय रुकुम पश्चिममा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।