रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा आज देखि नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
बाँफिकोट गाउँपालिका अध्यक्ष जनकुमार बाँठाले शिविरको उद्घाटन गर्नुभएको हो ।
त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल महाराजगन्ज काठमाडौकाको प्राविधिक सहयोग र २ नम्वर वडाको आयोजनामा शिविर सुरु भएको हो ।
शिविरमा त्रिवि शिक्षण अस्पतालका कन्सल्ट्यान्ट, मेडिकल अफिसर, नर्स, फार्मेसिस्टहरु तथा ल्याब टेक्नेसियनहरुको सहभागितामा विभिन्न रोगको उपचार सेवा प्रदान भैरहेको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।
शिबिर मार्फत सामान्य चिकित्सा, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी, नाक, कान, घाटी जाच तथा उपचार सेवा प्रदान भैरहेको उहाँले बताउनुभयो । त्यस्तै मुटु, मृगौला, फोक्सो जाच तथा उपचार, छाला रोग उपचार, स्नायु रोग तथा मानसिक रोग जाच तथा उपचार, मुत्र रोग उपचार, आखाको जाच तथा उपचार, दात परिक्षण तथा उपचार, पेट, आन्द्रा, कलेजो, पित्तथैलिको जाँच तथा उपचार तथा सुगर, प्रेसर जाँच तथा उपचार भैरहेको छ ।

शिबिरमा जनरल सर्जन डा.अभिषेक श्रीवास्तव, डा.दिपेश बराल, नजरल मेडिसिन र डेन्टल डा. दिपेश घिमिरे, डा.सागर बिश्वकमा, नाक,कान, घाँटीको डा.प्रेम किशोर शाह, डा.सञ्जय कुमार निरौँला, यु.एस.जि डा.सौरभ तिवारी, बालरोग बिषेशज्ञ डा.समर, आँखा बिषेशज्ञ डा.आशिष पौडेल, स्त्रिरोग बिषेशज्ञ डा.बिकाश मिश्र र दन्त रोग बिषेशज्ञ डा.सरला दहालले सेवा दिइरहनुभएको छ ।
आज पहिलो दिन बाँफिकोट गाउँपालिकाको सबै वडा, सिस्ने गाउँपालिका ३, ४, ५, ६, ७ र ८ तथा मुसिकोट नगरपालिका– १ बाट सेवाग्राहीहरु जिपुमा पुगेका छन् । शिबिर जनकल्याण माध्यामिक विद्यालयमा भैरहेको छ । आज मात्रै ७ सय जनाले सेवा लिएको बताइएको छ । शिबिर भोलीसम्म चल्नेछ ।


