प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीले मधेश प्रदेशलाई सुपर ओभरमा हराएको छ ।
सोमबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेल निर्धारित ५० ओभरमा स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।
सुपर ओभरमा गण्डकीले २२ रन जोड्दा मधेशले ९ रन मात्र बनाउन सक्यो । पीएम कप २०८१ मा यो पहिलो सुपर ओभर हो ।
त्यसअघि मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकी ५०औं ओभरको अन्तिम बलमा वाइडसँगै रनआउट हुँदा २४६ रनमा अलआउट भएको थियो ।
अर्जुन कुमालले शतक बनाए भने सुदिप अर्यालले अविजित ३४ रन बनाएका थिए यस्तै कप्तान बिपिन खत्रीले २६ रन बनाएका थिए । मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रन्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १-१ विेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ७ विकेट गुमाएर २४६ रन बनाएको थियो । रोहन बिकले सर्वाधिक ६४ रन बनाए भने हरिशंकर साह र रुपेश सिंहले समान ५१ रन बनाए ।
गण्डकीका बिपिन खत्री र कमल परियारले समान २ विकेट लिँदा अमृत गुरुङ र सन्दिप पराजुलीले १-१ विकेट लिए ।








