सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।
शिक्षकहरुका माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।