मुसिकोट नगरपालिका ५ थर्पूका एक घरबार विहिन ७१ वर्षिय वृद्धलाई घर हस्तान्तरण गरिएको छ ।
आज मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका विच ७१ वर्षिया शेरबहादुर गोरखालीलाई चावि दिएर घर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बाेल्दै नगर प्रमुख केसीले बर्षौदेखि अर्काकाे घरमा बस्दै आउनुभएका शेरबहादुरलाई घर बनाइदिएर वडाले उदाहरणीय काम गरेको बताउनुभयो ।
वडा अध्यक्ष समिरजङ मल्लका अनुसार चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारबाट प्राप्त भएको १० लाख बजेटबाट शेरबहादुर सहित वडामा रहेका ३ जना घरबार विहिनलाई घर बनाईदिन लागेको जानकारी दिनुभयो । साथै गंगाराम सुनार र भुपेन्द्र परियारको लागि २ वटा घर निर्माणको चरण रहेको उहाँको भनाइ छ।
आफ्नो जग्गाधनी पूर्जा भएर पनि घर नभएकाहरुको लांगत संकलन गरेर वडा कार्यालयले घर निर्माण गरिदिएको हो । वडामा अन्य १/२ घरबार विहिन अझै बाँकी रहेकाले अर्को वर्षमा निरन्तरता दिने उहाँको भनाई छ ।
घरमा खानेपानी, लत्ताकपडा, खाद्यन्न लगायतको सामग्रीकाे पनि आवश्यक्ता रहेकोले सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको थियो । वर्षाैपछि आफ्नै घरमा बस्न पाउँदा खुसी लागेको घरधनी शेरबहादुरले बताउनुभयो । घर निर्माण गरेर सहयोग गर्ने सवैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।