शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिनुभएको छ ।
मन्त्री पुनले कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने प्रमुख निर्णय दिनुभएको हो ।
विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले यो व्यवस्था गर्ने लागिएको उहाँले उल्लेख गर्नुभयो ।
साथै केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा विद्यार्थीहरुको लागि त्यो अपुरणीय क्षति पुगेको छ।
त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न उहाँले निर्देशन दिनुभयो। समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने समेत बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्न सकेको अवस्थामा विश्वविद्यालयहरुले किन नसक्ने भन्ने उहाँको प्रश्न थियो ।