रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ ।
पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले आज रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।
समानान्तर रेलिगेर ललितपुरले २०७८ साल चैत ३० गते सम्झौता गरी काम सुरु गरेको भवनको २०८१ साल कार्तिक २५ गते निर्माण सम्पन्न भएको थियो । भवन तिन तलाको ३३ कोठाको निर्माण भएको छ ।
आठ करोड २८ लाख ४२ हजार ३ सय ७२ रुपैयाँ कुल लागतमा भवन सम्पन्न भएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिुनभयो ।
नयाँ भवनबाट सेवा सुरु भएसँगै गाउँपालिकाको सेवा प्रवाह सहज हुने गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो ।
यसअघि पालिकाले नवनिर्मित भवन नजिकैको कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।
उद्घाटन समाहरोलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले प्रशासकीय भवनबाट सेवा प्रवाह सजह हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै पालिकामा उत्पादन हुने सुन्तला, अदुवा, अलैची लगायत फलफुल तथा कृषि क्षेत्रबाट राम्रो आम्दानी गरिरहेको स्मरण गर्दै आगामि दिनहरुमा कृषि क्षेत्रमा पालिकामा लाखौँ रकम भित्र्याउने योजना सहित अगाडी बढ्न पालिकालाई आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य शर्माको प्रमुख अतिथ्यता रहेको थियो।
त्यस्तै प्रदेश सभा सदस्य महेन्द्र केसी, पूर्व कर्णाली प्रदेशका मन्त्री बिमला केसी, रातो कामी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवेश बिष्ट, सशस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक लगायतको आतिथ्यता रहेको थियो।
गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले गर्नुभएको थियो।