रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडामा प्राकृतिक रुपमा रहेका जडीबुटीहरुको संरक्षण तथा व्यवस्थापन सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मुसिकोट सब-डिभिजन वन कार्यालय चाँपाकाे आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
मुसिकोट नगरपालिकाकाे ११ नम्बर वडाभित्र प्राकृतिक रुपमा रहेका जडीबुटीहरुको संरक्षण तथा व्यवस्थापन सम्बन्धी टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ११ नम्बर वडा अध्यक्ष गाेविन्द बहादुर बुढाले जानकारी दिनुभयो ।
मुसिकोट सब-डिभिजन वन कार्यालय चाँपाका वन अधिकृत अनिशा पराजुली र वन रक्षक रण बहादुर डाँगीकाे सहजीकरणमा सम्पन्न सचेतना कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष गाेविन्द बहादुर बुढा र वडा सचिव धन कुमार शाहीकाे आतिथ्यता रहेको थियो ।
साथै उक्त कार्यक्रममा ११ नम्बर वडाभित्र रहेका ९ वटा सामुदायिक वन उपभाेक्ता समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो बताइएकाे छ ।