लायन्स क्लब अफ रुकुम पश्चिमको अध्यक्षमा जय बहादुर थापा चयन हुनुभएको छ।
आज मुसिकोट खलंगामा सम्पन्न भेलाले थापाको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो ।
क्लबले समाजसेवाका क्षेत्रमा अझ प्रभावकारी र प्रेरणादायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सक्षम नेतृत्व, सेवा भाव र निरन्तर समर्पणका कारण समाजमा सकारात्मक परिवर्तन ल्याउन उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ।
अध्यक्ष पदको जिम्मेवारीसँगै लायन्स क्लबमार्फत स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका कार्यक्रमहरू थप सशक्त रूपमा अघि बढाइने अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो।


