यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटनपटनलाई लिएर रुकुम पूर्वमा विवाद चर्किएको छ ।
निर्वाचनमा शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन् ।
‘समाजलाई चेतना र शिक्षाको उज्यालो दिने शिक्षकहरूलाई पूर्ण रूपमा बाइपास गरिएको छ । उनीहरूको मान–मर्यादा र जिम्मेवारीप्रति राज्यले उचित सम्मान नगरेको अनुभूति भएपछि मलाई मतदान अधिकृत भएर काम गर्न नैतिकताले दिएन’, खड्काले पत्रमा उल्लेख गरेका छन् ।


