रुकुम पश्चिमका सर्जक प्रेमबहादुर घर्ती ‘प्रेम संगम’को शब्द सिर्जनामा नयाँ तीज गीत ‘नाचम बरीलै’ सार्वजनिक गरिएको छ।
रोल्पाको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका घर्तीले गीतमार्फत लोकसंस्कृति र चाडपर्वको उल्लासलाई सजीव रूपमा चित्रण गर्नुभएको छ।
गीतमा नेपाली संगीत जगतकी चर्चित गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ।
उहाँको मीठो स्वरले गीतमा ऊर्जा भरेको छ भने शब्दहरूले तीजको मौलिकता, महिला सशक्तिकरण र सामूहिक रमाइलोपनलाई प्रस्तुत गर्छ। संगीत संयोजनमा लोकपपको आधुनिक स्वाद थपिएको छ, जसले परम्परागत तीजको भावनालाई नयाँ ढंगमा प्रस्तुत गर्न खोजेको छ। गीतको संगीत, छायांकन र कोरियोग्राफी सबै पक्षबाट सशक्त देखिन्छ।
भिडियोमा महिला पात्रहरूको नाचगान र पारम्परिक भेषभूषाले गीतलाई थप आकर्षक बनाएको छ।