रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ सिम्रुतु नजिकै भएको मिनी ट्रक दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर दाङ घोराही उपमहानगरपालीका १० बस्ने ४५ वर्षीय चालक भुपेन्द्र महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते चालक महतको उपचारको क्रममा जिल्ला अस्पताल सल्ले ल्याएको बेला चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुघर्टनामा परेर घाइते हुनु भएका दाङको घोराही उप महानगरपालिका निवासी ३४ वर्षीय सह चालक सुन्दर कुमार बुढाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।
दाङ घोराहीबाट पानीको जार र बोतल बोकेर आउँदै गरेको रा १ क १४१२ नम्बरको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
रारा प्रोसेसिङ कम्पनी प्रा.लि . द्वारा सञ्चालित मिनि ट्रक दाङबाट रुकुम पश्चिमको खलंगातर्फ आउँदै गरेको बेला दुर्घटना भएको हो ।
ट्रक ब्रेक फेल भई दुर्घटना हुदा सडक भन्दा दुई सय मिटर तल खसेको बताइएको छ ।