निर्माणाधिन जिल्ला अस्पतालको भवन अनुगमन गरिएको छ ।
आज विहान रुकुम पश्चिमबाट कर्णाली सभामा प्रतिनिधित्व गर्ने चार सांसद सहितको टोलीले अनुगमन गरको हो ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य महेन्द्र केसी, मिलन खड्का र तुलसा मल्ल लगायतको टोलीले अस्पतालको अनुगमन गरेको हो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, जिल्लास्थित पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
२०८१ को असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७८ साउन ७ गते निर्माण कम्पनीले जिम्मा लिएपनि अस्पतालको भवन अझै निर्माणाधीन अवस्थामा रहेको छ । समयमै काम सम्पन्न गर्न सकेपछि सयय थप गरिएको थियो । थप गरेको समयमा पनि भवन निर्माणको काम सम्पन्न हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।
भवन अनुगमन गर्दै पूर्व मुख्यमन्त्री राजकुमार शर्मा लगायत सांसदहरुको टोलीले भवन निर्माणमा ढिलाई गर्न नहुने बताउनुभएको थियो । यसका लागि आफुहरुले आफ्नोे ठाउँबाट खबरदारी गरिरहने समेत सांसदहरुले प्रतिवद्धना व्यक्त गरेका थिए । निर्माण कम्पनीले २३ करोड १५ लाख ५ हजार २ सय ९१ रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो ।