रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जीप दुर्घटनाका सबै ८ मृतक र १० घाइतेको नाम खुलेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृतक सबै ८ जना र घाइते १० जनाको नाम खुलेको हो । उहाँका अनुसार ७ जनाको घटना स्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका ३ की ३० बर्सिया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा, सोही वडाकी १५ बर्सिया दिलमाया बुढा, १५ बर्सिया कल्पना नेपाल र २८ वर्षीय सबिता बिक रहेको डिएसपी विष्टले जानकारी दिनुभयो । त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर २ की १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला बिक र २२ वर्षीय गोपाल ओलीको समेत दुर्घटनामा मृत्यु भएको उहाँले बताउनुभयो ।
घाइतेहरुमा १७ बर्सिया सिर्जना बुढा, १५ बर्सिया सपना नेपाल, १८ बर्सिया जुना बुढा, १७ बर्सिया सङ्गीता बुढा, १९ बर्सिया शान्ति बुढा, १७ बर्सिया अञ्जना यरी, २० बर्सिया महिमा ओली, १७ बर्सिया मनिषा थापा, १५ बर्सिया सबिता बिक र ३४ वर्षीय चालक टोपजंग बुढा रहेको जिल्ला प्रहरी प्रमुख विष्टको भनाई छ ।
उहाँका अनुसार घाइते मध्ये चालक बुढा मुसिकोट नगरपालिका २ का रहेकोमा अन्य ९ जना घाइते आठबिसकोट नगरपालिका १ का रहेका छन् । घाइते मध्ये १८ बर्सिया जुना बुढालाई नेपालगन्ज रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ । सबै शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको थियो ।
मृतकहरू
१. कमला ओली, वर्ष ३०, आठबिसकाेट नगरपालिका ३
२. टेकजंग बुढा, वर्ष १६, आठबिसकाेट नगरपालिका १
३. दिलमाया बुढा, वर्ष १५, आठबिसकाेट नगरपालिका १
४. मनिका ओली, वर्ष १७, आठबिसकाेट नगरपालिका २
५. सर्मिला बिक, वर्ष १८, आठबिसकाेट नगरपालिका २
६. गाेपाल ओली, वर्ष २२, आठबिसकाेट नगरपालिका २
७. कल्पना नेपाल, वर्ष १५, आठबिसकाेट नगरपालिका १
८. सबिता बिक वर्ष २८, आठबिसकाेट नगरपालिका १
घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७
२. सपना नेपाल, वर्ष १५
३. जुना बुढा, वर्ष १८
४. संगिता बुढा, वर्ष १७
५. शान्ति बुढा, वर्ष १९
४. अञ्जना ऐरी, वर्ष १७
७. महिमा ओली, वर्ष २०
८. मनिषा थापा, वर्ष १७
९. सबिता बिक, वर्ष १५
१०. टाेपजंग बुढा, चालक, वर्ष ३४

