नेपाल राष्ट्रिय कर्मचारी संगठन आठबिसकोट नगर कमिटीको दोश्रो नगर सम्मेलन सम्पन्न भएको छ ।
आज आठबिसकोट स्थित नगर अस्पतालमा सम्पन्न दोस्रो नगर सम्मेलनबाट नयाँ कमिटी चयन भएको छ ।
सम्मेलनबाट निराजन ओलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।
त्यस्तै संगठनको उपाध्यक्षमा धनन्जय रिजाल, तिलक शर्मा ,सचिवमा राम बहादुर मल्ल, सहसचिव मनोज बिष्ट र कोषाध्यक्षमा सुशिला क्षेत्री चयन हुनुभएको छ ।