नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्यसमिति रुकुम पश्चिमको नवौँ अधिवेशन सम्पन्न भएको छ।
जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले टेकबहादुर ओलीको अध्यक्षतामा एकजनापछि थप गर्नेगरी ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो।
जसको उपाध्यक्षमा बालाराम खड्का, सचिवमा इन्द्रकला डाँगी ओली, सहसचिवमा चित्रा केसी, कोषाध्यक्षमा निर्मला खनाल, सहकोषाध्यक्षमा तोकबहादुर खत्री चयन हुनुभएको छ।
सदस्यहरूमा शालिग्राम खड्का, वीरबहादुर केसी, खडक केसी र डिल्लीबहादुर खड्का चयन भएको नवनिर्वाचित अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
कार्यसमिति निर्विरोध निर्वाचित भएको उहाँको भनाइ छ ।