नेपाली कांग्रेस रुकुम पश्चिमले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।
मुसिकोट खलंगास्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवार राजु केसीको तर्फबाट प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रममा उम्मेदवार केसीले रुकुमेलीको शीर झुक्न नदिने बताउनुभयो । १४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धिकरण र सम्भ समाज निर्माण, मौलिक विकास नीति, सुशासन, आधुनिक र प्रविधिमैत्री शिक्षा, स्वास्थ्यमा पहुँच, मर्यादित कृषि र सम्मानित किसानका पक्षमा काम गर्ने बताईएको छ ।
त्यसैगरी पर्यटन, जडीबुटी र पूर्वाधार, बसाइँसराइ नियन्त्रण, सुरक्षित सडक र भौतिक पूर्वाधार, बिजुली, पानी र सफा वातावरण, स्थानीय तहमा ग्रामीण स्टोर्स, व्यवसायिक सिंचाई प्रणाली, युवा सशक्तिकरण र करिअर काउन्सिलिङ र जलवायु अनुकुलन तथा पर्यावरण संरक्षणका बिषयमा काम गर्ने प्रतिज्ञा गरिएको छ ।
कार्यक्रममा निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक खड्कबहादुर डाँगी, निर्वाचन परिचालन समितिका संयोजक एवम् जिल्ला उपसभापति हर्कसिं खत्री, पार्टीका केन्द्रिय सदस्य एवम् समानुपातिक तर्फका उम्मेदवार मानबहादुर नेपाली, पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, कर्णाली प्रदेश समितिका सदस्य सीता ओली, जिल्ला सभापति प्रेम प्रकाश ओली, उप सभापति सुरतजंग मल्ल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।


