रुकुम पश्चिमको जिल्ला कारागार कार्यालयमा सोलार पावर सिस्टम उपलब्ध गराइएको छ ।
न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलले उक्त कार्यालयलाई सोलार पावर सिस्टम उपलब्ध गराएको हो ।
१५० वाटको सोलार पावर सिस्टमले कारागारको बन्दी आवास गृहको विद्युत आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने कारागार प्रशासक तारा बहादुर कुँवरले जानकारी दिनुभयो ।
न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सीपल खड्क कुवँरले विद्यालयको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत कारागारमा सोलार सेट प्रदान गरिएको बताउनुभयो । उहाँले कारागारका कैदीबन्दीहरुको आवास गृहमा विद्युत आपूर्तिमा समस्या भइरहेको जानकारी पाएपिछ उक्त समस्या समाधान गर्न बैकल्पिक उर्जा सोलार सिस्टमको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
सोलार सिस्टम हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, सशस्त्र प्रहरी नायब उपरीक्षक मदन धानुक, प्रमुख राष्ट्रिय अनुसन्धान अधिकृत चिरञ्जिवि बुढा मगर, प्रहरी निरीक्षक ऋषि पाठक, कारागार प्रशासक तारा बहादुर कुवँर लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच विद्यालयबाट महत्वपूर्ण सहयोग भएको भन्दै कारागार कार्यालयले कदर पत्रले सम्मान गरेको छ।