स्वास्थ्य बीमा कार्ड प्रयोग गरेर उपचार गराउने सेवाग्राहीले अब उपचार खर्चको १० प्रतिशत रकम आफैं तिर्नुपर्ने भएको छ।
स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिमका प्रमुख डा. जिवन परियारले स्वास्थ्य बीमा बोर्डको नियमअनुसार सहभुक्तानी (Co-Payment) व्यवस्था लागू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्पताल विकास समितिको निर्णयअनुसार २०८२ साल १० गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो।
डा. परियारका अनुसार बीमा कार्ड भएका सेवाग्राहीले अस्पतालमा उपचार गराउँदा कुल खर्चको १० प्रतिशत रकम अस्पतालमै तिर्नुपर्नेछ भने बाँकी खर्च स्वास्थ्य बीमाबाट भुक्तानी हुनेछ। यसले बीमा सेवालाई व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।


