जापान । क्योटो नेपाली कम्युनिटीले प्रथम अधिवेशन सम्पन्न गर्दै सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले सर्वसम्मत रूपमा नरेश ओलीलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा संखर भुसाल, उपाध्यक्षहरू राम भक्त सापकोटा, गोबिन्द सापकोटा, गोपाल खत्री, लालसा सापकोटा र धिरेन्द्र बहादुर शाही चयन भएका छन् ।
सचिवमा सुबिन न्यौपाने, सह सचिवमा कपिल आर्चाय बिमल र गैरे कोषाध्यक्षमा मदन अधिकारी, सह–कोषाध्यक्ष सिन्धु शर्मा र युवा संयोजकमा सुजन जंग क्षेत्री चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष नरेश ओलीले जानकारी दिनुभयो ।
सदस्यहरूमा सुरज थिङ, सन्दीप भुसाल, सङ्गम जोशी, अर्जुन भुसाल, निकेश वाइबा, चेतन मल्ल, प्रदीप कुँवर, चुणामणि खड्का, रबिना मगर, सुधाम्स थापा, सबिन सापकोटा, सांस्कृतिक सह–संयोजक काजल गुरुङ चयन भएको बताएको छ ।
नयाँ कार्यसमितिले क्योटोमा रहेका प्रवासी नेपाली समुदाय बीच आपसी एकता, सहयोग र सशक्त प्रतिनिधित्वका लागि सामाजिक, सांस्कृतिक तथा खेलकुद सम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने बताएको छ ।
साथै, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनलाई आफ्नो प्राथमिकताको कार्यसूचीमा राख्ने जनाएको छ । अध्यक्ष ओलीले नेतृत्व सम्हालेपछि सम्पूर्ण क्योटो क्षेत्रका नेपाली समुदायलाई सहकार्य, सहभागिता र साथका लागि आह्वान गरेका छन् ।
उहाँले सामूहिक प्रयास मार्फत प्रवासी नेपालीको हितमा परिणाममुखी कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्योटो नेपाली कम्युनिटीको यो पहिलो औपचारिक अधिवेशनले प्रवासी नेपाली बीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।