रुकुम पश्चिममा गेट बनाउने क्रममा ढोकाले च्यापिएर एकजनाको मृत्यु भएको छ।
आज दिउँसो १२:४५ बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ मुसीडाँडा स्थित मन्दिरको नयाँ गेट बनाउने क्रममा पुरानो गेट भत्किँदा सोही वडाको थापाचौर बस्ने ५८ वर्षको खिमबहादुर गिरीको मृत्यु भएको हो।
स्थानीयले ढोकाले च्यापिएर गिरीको मृत्यु भएको भनेर प्रहरीलाई जानकारी बनाएका थिए।
उक्त जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा ८ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले अहिले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।








