नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ ।
रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको हो ।
उहाँले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाउनुभयो ।
साथै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको टिप्पणी गर्नुभएको छ ।
रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेर गएपछिको अवस्थालाई संकेत गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।
रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको भन्दै आफूलाई रुकुमका जनमत खस्केको हो कि भन्ने कुरामा चिन्ता भएको पनि बताउनुभयो।
‘यहाँको एक जना तपाईंहरूले अघि सारेको नेता पलायन भए, विचलित भएर गए । कहाँ गए भने कम्युनिस्ट र मार्क्सवाद छाड्नेतिर गए,’ उहाँले भन्नुभयो ‘यसको पछाडि षड्यन्त्र छ । निकै ठूलो षड्यन्त्र अन्तर्गत ति मान्छेलाई विचलित बनाइएको छ ।’



