रुकुम पश्चिम, भदौ ३— साहित्यकार खगेश्वर भण्डारीका प्लाष्टिकको फूल कथासंग्रह र जीवनसूत्रका गीत किशोर कविता सङ्ग्रह विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा भण्डारीका यी दुई कृति विमोचन गरिएको
मुसिकोट नगरपालिकाका पहिलो नगरप्रमुख देवीलाल गौतम र कर्णाली प्रदेश सरकारका पूर्व सचिव भरत शर्माले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो कार्यक्रममा प्लाष्टिकको फूल कथासंग्रहको समीक्षा साहित्यकार मुकुन्द शर्माले प्रस्तुत गर्नुभयो भने जीवन शून्यका गीत कविता संग्रहबारे साहित्यकार कमप्रसाद देवकोटाले विवेचना गर्नुभएको थियो।
राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार गिरीप्रसाद बुढा लगायत सरोकारवालाको उपस्थिति रहेको थियो। परिषद्का सचिव ओम केसिले कार्यक्रम सञ्चालन गर्नुभएको हो ।