प्रेस सेन्टर नेपाल बाँफिकोट गाउँपालिका रुकुुम पश्चिममा पालिका अधिवेशन सम्पन्न भएको छ ।
आज भएको पालिका अधिवेशन नयाँ पालिका स्तरिय नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
अधिवेशनले बलबहादुर खत्रीको अध्यक्षतामा ८ सदस्यीय पालिका समिति निर्माण गरिएको छ ।
जसको उपाध्यक्षमा प्रेमकुमार विश्वकर्मा, सचिवमा तृप्ती विश्वकर्मा, सहसचिवमा गनेश विक र कोषाध्यक्षमा मनकुमारी खत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा पोषण मल्ल, महेन्द्र परियार, सुनिल विक चयन हुनुभएको छ ।
अधिवेशन कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का कर्णाली प्रदेश समिति सदस्य चन्द्रबहादुर केसी, पार्टी जिल्ला प्रचार विभाग प्रमुख मेगराज खड्का, प्रेस सेन्टर कर्णाली प्रदेश लेखा संयोजक प्रचण्ड खत्री, जिल्ला अध्यक्ष मनिष खड्का, उपाध्यक्ष दिपेन्द्र महतारा लगायतको आतिथ्यता रहेको थियो ।