नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग(वाइसीएल) नेपाल रुकुम पश्चिमले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा स्थान प्राप्त गर्ने व्यक्तिलाई पुरस्कार वितरण गरेको छ ।
आज मुसिकोट नगरपालिका ५ सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।
तेस्रो स्थान प्राप्त गर्ने हरिश रावलको आमा भिमा रावललाई नेकपा(माओवादी केन्द्र) का मुसिकोट नगर कार्यबाहक अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार प्रदान कार्यक्रममा बोल्दै नगर कार्यबाहक अध्यक्ष खड्काले पछिल्लो पुस्ताले जनयुद्धको बारेमा अनुभव गर्न नपाएपनि जनयुद्ध किन र केका लागि भएको थियो भनेर जानकारी बनाउनुपर्ने बताउनुभयो ।
‘‘गनतन्त्र हामिले ल्यायौँ भनेर मात्र मान्छेहरु बुझ्ने अवस्था छैन् यसका लागि पार्टीले जनयुद्धको बारेमा जानतालाई बुझाउने र यस्ता खालका कार्यक्रम गर्न आश्यक रहेको छ’’ उहाँले भन्नुभयो । जनयुद्धले देशमा राजनितिक, सामाजिक, आर्थिक क्षेत्रमा आमुल परिर्वन ल्याएकाले जनयुद्धको विषयमा पार्टीका सवै जनवर्गीय संठनहरुले जनता सामु बुझाउन र यस्ता खालका कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
बक्तृत्वकला प्रतियोगिता प्रथम स्थान हासिल गर्ने अमृत केसी, दोस्रो स्थान प्राप्त गर्ने ईश्वर ओली, तेस्रा स्थान प्राप्त गर्ने हरिश रावल र सान्तवना स्थान प्राप्त गर्ने शुर्दशन नकाललाई पनि सम्बन्धित स्थानीय तहको वाइसिएल समितिले पुरस्कार वितरण गरिसकेको वासिएल मुसिकोट नर ईन्चार्ज राजु विकले जानकारी दिनुभयो ।
प्रतियोगतामा प्रथम स्थान हासिल गर्नेलाई १० हजार ५ रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ७ हजार ५ रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्नेलाई ५ हजार पाँच र सान्त्वना स्थान प्राप्त गर्नेलाई २ हजार ५ रुपैयाँ पुरस्कार रहेको थियो । जनयुद्ध दिवस एवम् सहिद सप्ताको अवसरमा वाइसीएलले ’जनयुद्धको उपलब्धि संस्थागत गर्न युवाको भुमिका शिर्षकमा खुला डिजिटल प्रतियोगिता आयोजना गरेको थियो ।








