चौरजहारी नगरपालिका रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले एआई च्याटबोट प्रयोगमा ल्याउने तयारी गरेको छ ।
कार्यालयसंग सम्बन्धित जानकारी सहज रूपमा प्रदान गर्न एआई च्याटबोट प्रयोगमा ल्याउन लागिएको हो ।
एआई च्याटबोट प्रविधिमा आधारित कम्प्युटर प्रोग्राम भएको र यसले मानिसहरूसँग कुराकानी गनसक्ने,लेखेर वा बोलेर दुबै माध्यमबाट काम गर्न सक्ने भएकाले सेवाग्राहीले घरबाटै चाहिएको जानकारी प्राप्त गरी आवश्यक तयारी गर्न सहज हुनका साथै यसबाट सेवाप्रवाहको सरलीकरणमा नवीतम सूचना प्रविधिको उपयोग हुनेमा बिश्वास लिईएको चौरजहारी नगरपालिका रुकुम पश्चिमका प्रमूख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
नगरपालिका कार्यालयबाट प्राप्त गर्न सकिने सेवा, आवश्यक कागजात, लिने प्रक्रिया, लाग्ने दस्तुर, प्रतिवेदन, सम्पर्क नम्बर लगायतका आवश्यक जानकारी यसले सहज रूपमा उपलब्ध गराउने छ ।

चौरजहारी नगरपालिका कार्यालयसँग सम्बन्धित रहेर खोजेको जानकारी तथ्यमूलक रूपमा एआई च्याटबोटले प्रदान गर्नेछ यसको प्रयोग र प्रारम्भमा देखिएका त्रुटिहरू पहिचान गर्न बुधबार कर्मचारीहरूसँग अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।


