नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेताबाट राजकुमार शर्माले राजीनामा दिनुभएको छ।
पूर्वमुख्यमन्त्री समेत रहनुभएका शर्माले प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा पत्र बुझाउनु भएको हो।
उहाँले जिसीलाई आफू संसदीय दलको नेतामा नरहने भन्दै राजीनामा पठाउनुभएको हो।
‘उपर्युक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँछु’, उहाँले भन्नुभएको छ।
त्यसो त आजै प्रमुख सचेतक जिसीको नेतृत्वमा बसेको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको छ।
उहाँले आफूले के कारण राजीनामा दिएको भन्ने खुलाउनुभएको छैन । शर्मा गत निर्वाचनमा शर्मा रुकुम पश्चिम (ख)बाट निर्वाचित भएको थियो।
उहाँले माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका जनार्दन शर्मालाई साथ दिने बताइसक्नु भएको छ ।

