रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा नम्वर १ र २ मा नेपाल जनजागरण मञ्चले संचालन गरेका कार्यक्रमको अनुगमन गरिएको छ ।
सामुदाय खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना अन्तरगत भएका कार्यक्रमको अनुगमन गरिएको हो ।
फास्टनेट एक्सन स्वीजल्याण्डको आर्थिक सहयोगमा सामुदाय खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना अन्तरगत आठविसकोट नगरपालिका– १ र २ मा पर्यावरणमा आधारित कृषि प्रवधिमा विभिन्न काम भैरहेका छन् ।
दुई वटा वडामा २३ वटा समुह मार्फत पर्यावरणमा आधारित कृषि कार्यक्रममा ४०५ जना कृषक जोडिएका छन् । कार्यक्रममा मार्फत करेसाबारी र फलफुल खेतीमा काम भैरहेको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त क्षेत्रमा फल्ने र फल्न सक्ने फलफुलको विरुवाहरु लगाइएको छ । केहि फलफुलको विरुवा परिक्षण गरिएको पनि उहाँले बताउनुभयो । समुह मार्फत सामुहिक तरकारी खेती, फलफुल खेती र समुहमा रहेका सदस्यहरुले पनि घरमा अनिवार्य तरकारी खेती गर्दै आएका छन् ।

सामुदाय खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना अन्तरगत करेसावारी कार्यक्रम निकै प्रभावकारी भएको कृषक तुलकुमारी घर्तीले बताउनुभयो – ‘हामिलाई घर छेउमा करेसावारी बनाउन पर्छ भन्ने कुरा पनि थाहा थिएन, गाउँमा तरकारी किन्न पनि पाइदैन तर परियोजना लागु भएदेखि हामिले तरकारी उत्पादन गर्न सिक्नुका साथै आफ्नै बारीमा फलेका ताजा तरकारी खान पाएका छौ ।’, भिमकुमारी बुढाले भन्नुभयो ।
यस्तै गाउँमा परियोजना लागु भएदेखि करेसावारी बनाउन, तरकारी रोप्न, नर्सरी बनाउन र पोषण तथा सरसफाइको विषयमा धेरै कुरा सिकेको स्थानीय संगिता एरीले बताउनुभयो ।
सन् २०२२ देखि लागु भएको परियोजना अन्तरगत उक्त क्षेत्रमा फल्न सक्ने फलफुल खेती परिक्षण पनि सुरु भएको भन्दै कृषकहरु खुसि भएका छन् । उन्नत जातको आरु, रुखबदाम, चेरी, स्याउ र नास्पतीका विरुवा रोपिएको नेपाल जनजागरण मञ्चका कार्यकारी निर्देशक रणबहादुर परियारले जानकारी दिनुभयो ।
उक्त परियोजना असार महिना सम्म मात्र ति क्षेत्रहरुमा चल्नेछ । परियोजनाले पर्यावरणिय कृषि क्षेत्रलाइ फाइदा पुग्ने अपेक्षा समेत गरिएको छ ।
अनुगमणमा एनप्यापका अध्यक्ष कुसारी, सह–सचिव दिपेन्द्र महतारा, सदस्य रामलाल बोहरा, कार्यकारी निर्देशक रनबहादुर परियार, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कृष्ण विष्ट लगायतको सहभागिता रहेको थियो ।


