नेकपा माओवादी केन्द्र छोडेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य जितमान पुन (मार्सल) र नेकपा एमालेका निवर्तमान प्रदेश सदस्य उपेन्द्रलाल कामी सहित नेसपा र एमालेका नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।
आज जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गतको रुकुमपूर्वको रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका केन्द्रीय सदस्य मार्सल र एमालेका निवर्तमान प्रदेश सदस्य कामी सहित नेसपा र एमालेका नेताकार्यकर्ता माओवादी केन्द्रका प्रवेश गर्नु भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फूलामाला आवरण गरी पार्टीमा स्वागत गर्नु भएको छ ।

नेसपा नयाँ शक्तिका सिंगो रुकुमपूर्व जिल्ला कमिटी नै माओवादी केन्द्रका प्रवेश गरेको छ ।
नेसपामा जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथीबहादुर घर्तीमगर, जिल्ला सदस्यहरु फर्कबहादुर घर्ती, कबराज कामी, कालिबहादुर रोका, कर्मधन गुरुङ, अबिन घलेले माओवादी केन्द्रका प्रवेश गर्नु भएको छ छ ।
साथै पुथाउत्तरगंगा गाउँ समितिका संयोजक धर्मटेक घर्ती, उपाध्यक्ष भागिमान घर्ती, सचिव आशिष घर्ती सदस्यहरु विरभान घर्ती, अशोक घर्ती, रवित बुढा र सलिना घर्ती लगायत नेताकार्यकर्ताले माओवादी केन्द्रका प्रवेश गर्नु भएको छ ।


