रुकुम पश्चिमको नुवाकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक हाइस गाडी सल्यानमा दुर्घटना भएको छ ।
लु २ ख ६२७१ नम्बरको हाइस गाडी आज बिहान बागचौर नगरपालिका ५ को खालबोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा पारेर सात जना यात्रु घाइते भएका छन् ।
रुकुम पश्चिमको नुवाकोटबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी खालबोटको ओरालोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय थारमारेका अनुसार घाइतेहरुलाई उद्दार गरेर थारमारेस्थित अस्पतालमा लागिएको छ ।
घाइते मध्य तीन जनाको टाउकोमा चोट रहेको छ भने अन्यको हात र खुट्टामा चोट रहेको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेहरुको पूरा विवरण संकलन हुँदै गरेको प्रहरीले जनाएको छ ।