रुकुम पुर्वबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।
आज सुत्केरी व्यथा लागेकी रुकुम पुर्वको सिस्ने गाउँपालिका ५ रुमालबाराकी २१ वर्षीया उर्मिला नेपालीलाई उद्दार गरिएको हो ।
रूकुम पूर्व अस्पतालमा भर्ना गरिएकी नेपालीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा सुत्केरी गराउन नसकिएपछि उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।