रुकुम पश्चिम –
विजयादशमी तथा तिहारको अवसर पारेर रुकुम पश्चिममा पहिलो पटक “छिबाङ कप, ७–ए–साइड ओपन फुटबल प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ।
छिबाङ XI फुटबल क्लबको आयोजनामा असोज १९ देखि २२ गतेसम्म मुसिकोट नगरपालिका–१३ स्थित सेवा केन्द्र फुटबल मैदानमा प्रतियोगिता हुने क्लबले जनाएको छ।
प्रतियोगितामा विजेताले ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै फेयर प्ले अवार्ड ५ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र उच्च गोलकर्ता प्रत्येकलाई ३–३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता नकआउट प्रणालीमा हुने र खेलका नियमहरू फिफा अनुसार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रत्येक टोलीले ११ जना खेलाडी दर्ता गर्नुपर्ने र ९ जना खेलाडी मैदानमा सहभागी गराउनुपर्नेछ ।
दर्ता शुल्क ४ हजार रुपैयाँ र कार्ड डिपोजिट ५०० रुपैयाँ तोकिएको छ। सहभागिताका लागि दर्ता असोज १९ गते बिहान १० बजेसम्म खुला रहनेछ।
आयोजक समितिका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने मात्र होइन, जिल्लामा खेलकुद प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।