रुकुम पश्चिमा प्रथम पालिका स्तरीय यू- १६ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यही बैशाख १८ देखि २० गतेसम्म मुसिकोट नगरपालिका वडा नम्बर ६ ट्याखोला खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ जिल्ला शाखा रुकुम पश्चिम रहेको छ भने सह आयोजक मुसिकोट नगरपालिका ५ बागबजारमा रहेको देव्यानी स्पोर्ट्स रहेको छ ।
यू १६ क्रिकेट प्रतियोगिताको विजेताले नगद ३० हजार सहित प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेले नगद २० हजार सहित प्रमाणपत्र गर्ने छन् ।
त्यस्तै उत्कृष्ट एक जना खेलाडीलाई साइकलको व्यवस्था गरिएको छ । साथै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
टिम दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन् भने खेलअवधि भर खेलाडीलाई नास्ताको व्यवस्था गरिएको छ । टिम दर्ता वैशाख १६ गतेसम्म गरिसक्नुपर्ने आयोजक नेपाल क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।