नेकपा(माओवादी केन्द्र)ले रुकुम पश्चिमबाट प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभाहलमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । एक कार्यक्रमको विच आज कार्यक्रमको उद्घाटन गरिएको छ ।
आजबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तीन दिनसम्म संचालन हुने माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । कार्यक्रममा प्रत्येक पालिकाबाट ५ जनाको दरले ३० जना तथा अन्य गरेर ५० जनाभन्दा बढी माओवादीका नेता कार्यकर्ता कार्यक्रममा सहभागि भएका छन् ।
प्रशिक्षण कार्यक्रममा विभिन्न १९ वटा विषयमा प्रशिक्षण दिईने बताएको छ । तालिमको उदेश्य कुशल प्रशिक्षक तयार पार्ने लक्ष्य लिएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
रुकुम पश्चिमबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा संचालन हुने माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।