रुकुम पश्चिममा पनि पत्रकारहरुले कालोपट्टी बाधेर सांकेतिक विरोध गरेका छन् ।
गत शुक्रबार काठमाडौमा राजवादीको आन्दोलनमा एभिन्यूज टेलिभिजका क्यामेरा पर्सन पत्रकार सुरेश रजकको हत्याको विरोधमा रुकुम पश्चिमका पत्रकारहरुले पनि हातमा कालो पट्टी बाधेर विरोध जनाएका हुन् ।
पत्रकार हत्या, सञ्चार माध्यममा आगजनी लयायतको घटनाको विरोध स्वरुप कार्यकक्षमै पत्रकारहरुले कालो पट्टी हातमा बाधेर विरोध जनाएको पत्रकार महासंघका उपाध्यक्ष देवकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार विरोध स्वरुप भोली जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
काठमाडौमा गत शुक्रबार भएको राजावादीको आन्दोलनमा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजकको घरभित्रै आगजनीमा परेर निधन भएको थियो भने अन्य सरकारी तथा निजि संरचनामा समेत क्षति पुगेको थियो ।