रुकुम पश्चिम —
चाडपर्वलाई लक्षित गर्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिका क्षेत्रका विभिन्न बजारमा जिल्ला प्रशासन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा किराणा पशलबाट चिप्स , साबुन होटलबाट केक फेलेबर र कस्मेटिक पसलबाट बिभिन्न प्रकारका क्रीम हरु गरेर झण्डै तेइस हजार रुपैयाँ बराबरका म्याद गुज्रेका सामान जफत गरिएको हो।
संयुक्त टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीले बजार अनुगमनको क्रममा केही मात्रामा म्याद नाघेका सामान बरामद गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चाडपर्वलाई मध्यनजर गरी विभिन्न क्षेत्रमा छुट्टाछुट्टै टोली बनाएर छड्के अनुगमन गरिएको हो।
अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नटाँसिएको, म्याद गुज्रेका सामग्री राखिएको, दर्ता प्रक्रिया अपूरा रहेकोपाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले बताउनुभयो।
चाडपर्वमा हुन सक्ने कालोबजारी नियन्त्रण, गुणस्तरहीन सामानको बिक्री वितरण रोकथाम र कानुनी मापदण्डको पालना सुनिश्चित गर्न अनुगमन गरिएको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी सुरक्षित सामान मात्र बिक्री गर्न व्यवसायीलाई सचेत गराइएको समेत सहायक प्रमुख जिल्ला अधिकारी ओलिले जानकारी दिनुभयो
उक्त अनुगमन कार्यक्रममा उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुसिकोट नगरपालिका र नेपाल प्रहरीको समन्वयमा बजार अनुगगरिएको हो।