रुकुम पश्चिम
संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजना तथा नेपाल रेडक्रस जिल्ला शाखा रुकुम पश्चिमको सहयोगमा खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी असोज ४ गते शनिबार बिहान ११:०० बजे स्वास्थ्य सेवा कार्यालय सल्ले, रुकुम पशिचम हुने छ
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रुकुम पश्चिमले रक्तदान जीवनदानको अभियानलाई अझै प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको जनाएको छ।
संविधान दिवसलाई अर्थपूर्ण बनाउन र सामाजिक उत्तरदायित्वका रूपमा रक्तदानले समाजमा सकारात्मक सन्देश दिने विश्वास आयोजकहरूले व्यक्त गरेको छ