नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले पत्रकार सुरेश रजकको १३ औ पुण्य तिथिको अवसरमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बुधबार रुकुम पश्चिमको कालिकास्थानमा एक कार्यक्रमको आयोजना गरी रजकको सम्झनामा दिप प्रज्वलन गरेको हो ।
महासंघले पत्रकार रजक प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गदै दोषिलाई पत्ता लगाई हदै सम्मको कावार्ही गर्न समेत माग गरेको छ ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा आगजनीमा परेर पत्रकार रजकको मृत्यु भएको थियो ।