रुकुम पूर्वको रुकुमकोटमा पहिलोपटक हाटबजार सञ्चालन गरिएको छ ।
शनिबार सिस्ने गाउँपालिका–६ छिप्रिदह रुकुमकोटमा उद्योग वाणिज्य संघ रुकुम पूर्वले हाटबजार सञ्चालन गरेको हो ।
हाटबजारको पहिलो दिनमै करिब एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हाटबजारमा स्थानीय उत्पादनहरुको बिक्रीवितरण गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष केवेन्द्र गौतमले बताउनुभयो ।
हाटबजार महिनाको अन्तिम शनिबार सञ्चालन गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।