रुकुम पश्चिमका पत्रकारहरू बिचमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपाल र नेपाल प्रेस युनियन रुकुम पश्चिमको संयुक्त आयोजनामा मुसिकोट खलंगाको बराहटाकुरा खेलमैदानमा मैत्रीपूर्ण फुटबल भएको हो ।
उक्त खेलमा नेपाल प्रेस युनियन ५–२ गोलले विजयी भएको छ ।
२३ औँ कृष्ण सेन इच्छुक स्मृति दिवस तथा नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा दुई संगठनले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् ।
खेलको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।

उक्त खेल उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रवेश विष्ट, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, मुसिकोट २ का वडाध्यक्ष दिनेश खड्का, नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, एकीकृत समाजवादी पार्टीका उपसचिव अमरराज पुन, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष तेज बुढा लगायतको उपस्थिति रहेको थियो ।
जिल्लामा क्रियाशील पत्रकारहरू बिचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले खेलको आयोजना गरिएको हो।


