रुकुम पश्चिम
सानीभेरी गाउँपालिका–११ निवासी स्वास्थ्यकर्मी अमर बहादुर डाँगी भलिबल कोचिङ कोर्समा A ग्रेड प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण हुनुभएको छ।
हालै सम्पन्न उक्त कोर्सको सफलता पछि डाँगीले खेलकुद र प्रशिक्षण दुबै क्षेत्रमा क्षमता हासिल गर्नुभएको आयोजकले जनाएको छ।
यसअघि उहाँले मकवानपुरमा आयोजित प्रतियोगितामा भलिबल रेफ्री कोर्स पनि उत्तीर्ण गरी प्रशिक्षक र निर्णायक दुवै भूमिका सम्हाल्ने योग्यता हासिल गर्नुभएको थियो। खेलप्रतिको अगाध लगाव र निरन्तर अभ्यासका कारण उहाँले छोटो समयमै दुवै क्षेत्रमा दक्षता हासिल गर्न सफल हुनु भएको बताइएको छ।
डाँगी आफैँ स्वास्थ्यकर्मी भएपनि आफ्नो पेशा पनि निरन्तरता दिएर भलिबल खेलको प्रचारप्रसार र युवा खेलाडीहरुको प्रतिभा विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आगामी दिनहरूमा उहाँले स्थानीय रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी युवा तथा इच्छुक खेलाडीहरुलाई तालिम दिने योजना रहेको जानकारी दिनुभयो।