नेपाल राष्ट्रिय कर्मचारी संगठन सानीभेरी गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ।
आज सहिद स्मृति प्रतिष्ठानको सभाहल सिम्लीमा भएको सम्मेलनले गणेश खड्काको अध्यक्षतामा नयाँ गाउँसमिति गठन गरेको छ।
सम्मेलनले २ जना पछि थप्ने गरि १५ सदस्यीय गाउँ समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा अम्बिका खड्का ओली र नैनसिङ नकाल, सचिवमा नर बहादुर ओली, सह-सचिवमा मनोज खड्का र कमला बोहरा र कोषाध्यक्षमा कृष्ण प्रसाद ओली चयन हुनुभएको छ।
गणेश खड्काको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन ऋषी के.सी. ले गर्नुभएको थियो।