रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ रुकुम पश्चिम सचिव दिपेन्द्र महतारासहित ३० जनालाई सम्मान गरेको छ ।
पालिकाको १७ औँ गाउँ सभाको बैठकको अवसरमा पत्रकार महतारा सहित ३० जनालाई गाउँपालिकाले सम्मानसहित पुरस्कृत गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मुल्याङ्कनका आधारमा विभिन्न पेशामा आवद्ध ३० जना व्यक्तिलाई सम्मान पत्र, दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले उत्कृष्ट बिध्यार्थी , शिक्षक, किसान , कर्माचारी, विद्यालय ब्यबस्थापन ,समिति, सामाजसेबी, महिला, पत्रकार , र कार्यालय सहयोगीलाई सम्मान सहित पुरस्कृत गरेको हो ।
साथै बैठकले सानीभेरी गाउँपालिकाकाे आर्थिक बर्ष२०८२ /८३काे बिनियाेजन बिधेयक ,आर्थिक बिधेयक,, न्यायिक समीतिकाे, बार्षिक प्रतिबेदन ,सभा समिति गठन र लेखा समितिकाे प्रतिबेदन, आर्थिक बर्ष८१/८२ काे सम्पुर्ण आय ब्यय, सानीभेरी गाउँ पालिकाकाे प्रज्ञा प्रतिठान बिधेयक,गत श्रावन १ गते देखि आसार २८ गते सम्मका कार्यपालिकाले गरेका निर्यणहरू सभामा पेश,गरी सर्बसम्बत रूपमा पारित भएकाे छ ।
